425
काठमाडौं । जीवन बीमा कम्पनीहरु पनि सरकारले गरेको अनिवार्य म्यादी बीमा मै बीमा कम्पनीहरुको व्यवसाय निर्भर रहेका छन् । सरकारले म्यादी बीमा अनिवार्य गरेको छ।
जीवन बीमाका बीमितले ९ प्रकारका बीमालेख मध्ये तीनवटा बीमालेख सबैभन्दा धेरै खरिद गर्ने गरेको पाइन्छ । १४ वटा जीवन बीमा कम्पनीले ९ प्रकारका बीमालेख बिक्री गर्दै आए पनि बीमितको रोजाईमा भने तीनवटा बिमालेख पर्दै आएका हुन् ।
मंसिरसम्म सक्रिय रहेको जीवन बीमालेखको आधारमा हेर्ने हो भने बीमित रोजाइमा सबैभन्दा धेरै म्यादी जीवन बीमालेख परेको देखिन्छ ।
प्राधिकरणका अनुसार मंसिरसम्म म्यादी जीवन बीमातर्फ ४० लाख वटा बीमालेख सक्रिय छन् । यो बीमालेख बागमती प्रदेशमामात्रै १० लाख वटा जारी भएको छ ।