२०८१ असार २०
Home Economy सहकारी समस्या समाधान गर्न बागमती सरकारले गठन गर्‍यो समिति

सहकारी समस्या समाधान गर्न बागमती सरकारले गठन गर्‍यो समिति

by laganisutra

काठमाडौँ । बागमती प्रदेश सरकारले सहकारीहरूको विद्यमान समस्या व्यवस्थापनका लागि समस्या ग्रस्त सहकारी संस्थाको व्यवस्थापनका समिति गठन गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले समस्या ग्रस्त सहकारी संस्थाको व्यवस्थापनका लागि ३ सदस्यीय समिति समेत गठन गरेको हो ।

संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले काठमाडौँ महानगरपालिका वडा नम्बर–३१ का प्रशान्त अधिकारीको अध्यक्षतामा समिति गठन गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए । समितिको सदस्यहरूमा काठमाडौँ महानगरपालिका वडा नम्बर–४ का यज्ञनाथ दाहाल र मकनापुरगढी गाउँपालिका वडा नम्बर–२ का यतिराज सापकोटा रहेको मन्त्री श्रेष्ठले बताए ।

You may also like

Leave a Comment

Our Company

Lorem ipsum dolor sit amet, consect etur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis.

Newsletter

Laest News

@2024 – All Right Reserved. Designed and Developed by VolcusSoft

Adblock Detected

Please support us by disabling your AdBlocker extension from your browsers for our website.