सन्दीप लामिछानेको मुद्दा फेरि हेर्न नमिल्नेमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ । लामिछानेको मुद्दा पाटन उच्च अदातदतका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङगेलको इजलासमा पेशी तोकिएको थियो ।

पेशी तोकिए पनि यो मुद्दा हेर्न नमिल्ने सूचीमा परेको हो ।

उच्च अदालत पाटनमा आजका लागि पेशी तोकिएको थियो । यसअघि गत आइतबार अदालतले आज पहिलो प्राथमिकतामा राखेर मुद्दाको सुनुवाइ गर्न आदेश दिएको थियो ।

जिल्ला अदालत काठमाडौँको फैसलाविरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन गरेका थिए ।

Related posts

सन्दीपले पाए सफाई, विश्वकप खेल्ने बाटो खुल्यो

लामिछानेको पुर्नरावेदनमा उच्च अदालत पाटनमा सुनुवाई सुरु

कर्पोरेट सुपर सिक्सेस सीजन-७ को उपाधि माछापुच्छ्रे बैंकलाई