महुली लघुवित्तको ४४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले ४४ हजार ९१३ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

कम्पनीले संस्थापक शेयरधनीहरू प्रिजम कलर स्क्यानिङ्ग एण्ड प्रेस सपोर्ट प्रा।लि। को नाममा रहेको ४१ हजार २७ कित्ता र शालिक राम बेलबासेको नाममा रहेको तीन हजार ८८६ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

शेयर खरिदका लागि हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै आवेदन दिन पाउनेछन् ।

शेयर खरिद गर्न इच्छुक शेयरधनीहरूले आवश्यक कागजात सहित ३५ दिनभित्र सप्तरीको महुलीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा खरिद गर्न चाहेको शेयर विवरणसहित आवेदन दिनुपर्नेछ । शेयरको मूल्य बिक्रेताले तोकेबमोजिम हुने कम्पनीले जनाएको छ ।

Related posts

बैंक तथा वित्तीय संस्थालाई सेयर किनबेचमा कडाइ

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर