कर्पोरेट सुपर सिक्सेस सीजन-७ को उपाधि माछापुच्छ्रे बैंकलाई

काठमाडौं । माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को उपाधि जित्न सफल भएको छ । मूलपानी क्रिकेट मैदानमा मंगलबार सम्पन्न फाइनलमा आइसिएफसी फाइनान्सलाई तीन विकेटले हराउँदै बैंकले उपाधि उचालेको हो ।

एसएस इभेन्ट्सको आयोजनामा हुँदै आएको कर्पोरेट क्रिकेट प्रतियोगितामा माछापुच्छ्रे पहिलोपटक कर्पोरेट क्रिकेटमा विजेता भएको हो । आइसिएफसी फाइनान्सले दिएको ६६ रनको लक्ष्य माछापुच्छ्रेले ४.४ ओभरमा दुई विकेटको क्षतिमा पूरा ग¥यो । माछापुच्छ्रेको जितमा निशेष केसीले ३१ रन र विभव जोशीले १६ रन जोडेका थिए ।

आफ्ना कर्मचारीको व्यवसायीक क्षमताको साथमा खेलप्रतिको रुचिलाई समेत ध्यानमा राखि बैंकले विभिन्न समयमा आयोजना हुने कर्पोरट टुर्नामेन्टहरुमा आफ्ना कर्मचारीलाई सहभागी गराउदै आएको छ ।

Related posts

सन्दीपले पाए सफाई, विश्वकप खेल्ने बाटो खुल्यो

लामिछानेको पुर्नरावेदनमा उच्च अदालत पाटनमा सुनुवाई सुरु

सन्दीप लामिछानेको मुद्दा फेरि हेर्न नमिल्नेमा