यस्तो छ आज सुनचाँदीको मूल्य

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन प्रतितोला १ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्य कायम भएको हो ।

यस्तै आज तेजाबी सुनको मूल्यमा पनि स्थिरता कायम हुँदै प्रतितोला १ लाख ३४ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले घट्दै १ हजार ६ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी प्रतितोला १ हजार ६ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

Related posts

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कति पुग्यो तोलाको ?

सुनको मूल्य घट्दा चाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?