मनकामना स्मार्ट लघुवित्तले बनायो सेयरधनीहरुको हात रित्तो

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको आज वार्षिक साधारणसभा बस्दैछ । सभा होटल पौवा सिद्धार्थनगद–६, रुपन्देहीमा दिउँसो १ बजेदेखि हुनेछ ।

यस लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने जनाएको छ । कम्पनीले चैत १६ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, चैत १५ गतेसम्म कायम सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन् ।

यो संस्थालाई समता घरेलु लघुवित्तले प्राप्ति गर्ने तयारीमा छ । गत भदौमा यी दुवै संस्थाबीच प्राप्ति सम्बन्धी समझदारी भएको हो ।

Related posts

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा

सानिमा माई हाइड्रोको महाप्रबन्धकमा गृष्म ओझाको पुनर्नियुक्ति

सिद्धार्थ प्रिमियरद्वारा अपर हेवाखोला हाइड्रोपावरलाई बीमाको करोड १९ लाख दाबी भुक्तानी