सानिमा माई हाइड्रोको महाप्रबन्धकमा गृष्म ओझाको पुनर्नियुक्ति

काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडको महाप्रबन्धकमा गृष्म ओझा दोहिरिएका छन् ।

कम्पनीको वैशाख ११ गते बसेको सञ्चालक समितिको बैठकले ओझालाई महाप्रबन्धकमा पुनर्नियुक्त गर्ने निर्णय गरेको हो । जेठ १५ गतेदेखि लागू हुने गरी उनी आगामी थप चार वर्षका लागि कम्पनीको महाप्रबन्धक नियुक्त भएका हुन् ।

२०७७ जेठ ११ गते अघिल्लो पटक नियुक्त भएका ओझाको २०८१ जेठ १४ गतेसम्म कार्यकाल बाकिँ रहेको थियो ।

Related posts

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

सिटिजन लाइफ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा

सिटिजन्स बैंकको सञ्चालकमा ईला शर्मा