सिटिजन्स बैंकको सञ्चालकमा ईला शर्मा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशलले सञ्चालकमा ईला शर्मालाई नियुक्त गरेको छ । कम्पनीको गत बैशाख २६ गते बसेको सञ्चालक समितिको बैठकले सोही दिनदेखि लागू हुने गरि उनलाई सञ्चालकमा नियुक्त गरेको हो ।

उनी यसअघि निर्वाचन आयोगकी पूर्व निर्वाचन आयुक्त हुन् । उनको अन्तरराष्ट्रिय व्यापार, कानून, जनसम्पर्क, शिक्षा र विकास लगायत क्षेत्रमा साढे ३ दशक काम गरेको अनुभव छ ।

यसैगरी, सोही बैठकले सिता कार्कीले सञ्चालक पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ ।

Related posts

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

सिटिजन लाइफ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा

प्रभु इन्स्योरेन्सको नाफा बढ्यो, यस्ताे छ वित्तीय विवरण