ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ बढेको छ । शुक्रबार सुन प्रतितोला २३०० रुपैंयाले बढेको हो ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३७ हजार ९०० रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन बिहीबार छापावाल सुन प्रतितोला १ लाख ३५ हजार ६०० रुपैयाँ रुपैयाँमा कारोबार भएको थियो भने तेजावी सुनको मूल्य तोलाको १ लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी आज चाँदीको मूल्य ५० रुपैंयाले बढेर १ हजार ७३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Related posts

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कति पुग्यो तोलाको ?

सुनको मूल्य घट्दा चाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?