राप्रपाका ज्ञानेन्द्र शाही प्रहरी नियन्त्रणमा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनबाट संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले उनलाई भद्रकाली क्षेत्रमा भएको प्रदर्शनका क्रममा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

शाहीले निषेधित क्षेत्र तोड्न र आन्दोलनकारीलाई पछि नहट्न उक्साएर मुठभेड निम्त्याउने प्रयास गरेको प्रहरीको भनाइ छ ।झडपका क्रममा राप्रपाका केही कार्यकर्ता घाइते भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

Related posts

प्रधानमन्त्रीलाई कार्यविस्तृतीकरण परिमार्जन प्रतिवेदन पेश

छातीमा रवि लामिछानेको ट्याटु

कांग्रेस छिट्टै सरकारमा फर्किन्छ : गगन थापा