आज पनि बढ्यो सेयर बजार, कारोबार रकम कति ?

काठमाडौं। सेयर बजार मंगलबार पनि उकालो लागेको छ। नेप्से परिसूचक ९।१९ अंकले बढेर २०३६।०१ मा बन्द भएको छ।

आज ३१५ कम्पनीको ९७ लाख ८९ हजार ४१६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १४ करोड ३७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज १५० कम्पनीको सेयर मूल्य बढेको छ भने ८६ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै जानकी फाइनान्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । नेपाल फाइनान्स कम्पनीका लगानीकर्ताले ९। ९९ प्रतिशतका दरले कमाएका छन् । पोखरा फाइनान्सका लगानीकर्ताले ९।९९ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।

सूर्यज्योति लाइफको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको ९१८ करोड ८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

सूर्यज्योति लाइफ १८ करोड ८ लाख रुपैयाँ,गोर्खाज फाइनान्स १६ करोड ५ लाख रुपैयाँ,हिमालयन रिइन्स्योरेन्स १५ करोड ४५ लाख रुपैयाँ,नेपाल फाइनान्स १५ करोड ३६ लाख रुपैयाँ,पोखरा फाइनान्स १० करोड ४६ लाख रुपैयाँ,शिवम सिमेन्ट ८ करोड २९ लाख रुपैयाँ,रिलायन्स फाइनान्स ७ करोड ४४ लाख रुपैयाँ,तारागाउँ रिजेन्स होटेल ७ करोड २२ लाख रुपैयाँ,जानकी फाइनान्स ६ करोड ७९ लाख रुपैयाँ,सेन्ट्रल फाइनान्स ६ करोड ४८ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ ।

Related posts

बैंक तथा वित्तीय संस्थालाई सेयर किनबेचमा कडाइ

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर