छातीमा रवि लामिछानेको ट्याटु

उप प्रधान एवंम गृहमन्त्री रवि लामिछानेलाई नेपाली कांग्रेसले सहकारी ठग प्रक्ररणमा गृहमन्त्रीबाट राजीनामा नदिए संसद चल्न नदिने चेतावनी दिइरहेका बेला गृहमन्त्रीका समर्थकले छातीमा ट्याटु हानेका छन । दैलखको दुल्लु नगरपालिका वडा नं ९ धामिगाउ घर भएका नवीन बोहोराले गृहमन्त्री रवि लामिछानेको समर्थन गर्दै आफ्नो छातीमा ट्याटु हानेका हुन।

उनी हाल नेपालमा छैनन् । रोजगारीको शिलशिलामा भारतको मुम्वैमा कुकको काम गर्दै आएका छन । उनले आफु गृहमन्त्री रविको ठुलो फ्यान भएकोले ट्याटु हानेको बताएका छन।
सरकारमा १ वर्ष सम्म बसेर वर्तमान गृहमन्त्री रविलाइ सहकारी प्रकरणमा कारबाही गर्न नसकोको कांग्रेसले सरकारबाट बाहिरीएपछि रविको राजिनामा मागिरहेको छ। नेपाली कांग्रेसका साना नेता कार्यकर्ताले पनि रविको राजिनामा मागिरहेको बेला यता रविको फ्यानले छातीमा छयाटु हानेर रविको सर्मथनमा उत्रिएका हुन् ।

कांग्रेसले संसदमा विरोध गरे पनि रवि लामिछानेको क्रेज घट्दो होइन बढ्दो छ ।

Related posts

प्रधानमन्त्रीलाई कार्यविस्तृतीकरण परिमार्जन प्रतिवेदन पेश

राप्रपाका ज्ञानेन्द्र शाही प्रहरी नियन्त्रणमा

कांग्रेस छिट्टै सरकारमा फर्किन्छ : गगन थापा