सुजुकीको मोटरसाइकल तथा स्कुटर खरिदमा आकर्षक छुट

काठमाडौँ । सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयतकर्ता तथा बिक्रेता भिजि अटोमोबमाइल्सले नयाँ वर्षको अवसरमा, ‘नयाँ वर्ष २०८१ क्यास पाउँ एक्कासी’ योजना ल्याएको छ ।

उक्त योजनामा ग्राहकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार नगद छुटका साथै थप स्क्र्याच कार्डमार्फत १ लाखसम्म नगद पाउन सक्नेछन् । यस्तै, कुनै पनि पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्सचेन्ज गर्दा बजार प्रचलित मूल्यांकनभन्दा थप १५ हजार रुपैयाँ र स्कुटरमा २० हजार रुपैयाँ वा फाइनान्समा शून्य ब्याजदरमध्ये जुन ठीक लाग्छ त्यो ग्राहकहरुले छनोट गर्नसक्ने कम्पनीले जानकारी गराएको छ ।

सुजुकीका कुनै पनि मोटरसाइकल वा स्कुटरको खरिदमा कम्पनीले ५ वर्षको इन्जिन वारेन्टीका साथै २० वटा सर्भिस कुपनको सुविधा पनि थप उपलब्ध हुने जनाएको छ । यो योजना २०८१ जेठ १८ गतेसम्म लागू हुनेछ ।

Related posts

आइपी टिभी सेवा प्रदायक कम्पनि क्यारो टिभी नेपाल संचालनमा

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वित्तीय सेवामा पहूँच बढाउन विश्व बैंकले साढे १० अर्ब ऋण दिने