सपोर्ट लघुवित्तको साधारणसभा चैत १७ मा

काठमाडौं । सपोर्ट लघुवित्तले नवौं वार्षिक साधारणसभा चैत १७ गते शनिबार हुने भएको छ । यसअघि पुस २७ गते बोलाइएको साधारणसभा गणपुरक संख्या नपुगेको कारण स्थगित भएको थियो । यसर्थ, पुनः दोस्रोपटक सभा बोलाइएको हो ।

साधारणसभा दुर्गा पार्टी प्यालेस इटहरी ४ सुनसरीमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा संस्थाले १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६८ प्रतिशत नगद गरी कुल १६.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।

आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । त्यस्तै, अन्य उपयुक्त लघुवित्त संस्थाहरुसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न एवं प्रबन्धपत्र, नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ । सभा प्रयोजनार्थ कम्पनीले पुस १६ गते बुक क्लोज गरिसकेको छ ।

Related posts

सिटिजन्स बैंकको सञ्चालकमा ईला शर्मा

प्रभु इन्स्योरेन्सको नाफा बढ्यो, यस्ताे छ वित्तीय विवरण

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा