सर्वोत्तम सिमेन्टको सेयरमा आज पनि सर्किट

काठमाडौं । सर्वोत्तम सिमेन्टको सेयरमा लगातार सकारात्मक सर्किट लागिरहेको छ। गत ६ गतेदेखि दोस्रो बजारमा प्रवेश गरेको कम्पनीको सेयरमा मंगलबार पनि सकारात्मक सर्किट लागेको छ।

मंगलबार ९.९९ प्रतिशतले कम्पनीको सेयर बढ्दा लगानीकर्ताले ८१.३० रुपैयाँ प्रतिसेयर आम्दानी गरेका छन्। यो सँगै ५५६ रुपैयाँमा बजारमा कारोबार सुरु गरेको कम्पनीको औसत कारोबार मूल्य ८१३ रुपैयाँ ५० पैसा पुगेको छ। बजार प्रवेश गरेको दिन ६११.६० रुपैयाँमा बन्द भएको सेयर मूल्य भोलिपल्ट ६७२.७० रुपैयाँ, पर्सिपल्ट ७३९.९० र शनिबार र होलीको सार्वजनिक विदापछि सोमबार ८१३.८० रुपैयाँमा कारोबार बन्द भएको थियो। आज कम्पनीको सेयर मूल्य ८९५.१० रुपैयाँमा बन्द भएको छ।

Related posts

लक्ष्मी सनराइज बैंकको संस्थापक सेयर बिक्रीमा

प्रभु इन्स्योरेन्सको नाफा बढ्यो, यस्ताे छ वित्तीय विवरण

विदेशी मुद्राको विनिमय दर कति ?