महरालाई म्याद थप गर्न अदालत लगिँदै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरालाई म्याद थपका लागि अदालत लगिएको छ।

महरालाई संगठित अपराध कसुरमा म्याद थप गर्न पठाइएको केन्‍द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का एसपी होबिन्द्र बोगटीले जानकारी दिए।

इलेक्ट्रिक भेपमा ९ किलो सुन तस्करी गरेको प्रकरणमा उनी पक्राउ परेका हुन्।

सुन तस्करका आरोपी दाओजिन वाङसँग सम्पर्क देखिएका महरालाई यसअघि सिआइबीले मुद्दा नचलाएको भन्दै सुनसम्बन्धी जाँचबुझ आयोगले कमीकमजोरी देखाएको थियो। 

उनलाई मुद्दा नै चलाउन सिफारिस गरेसँगै उनलाई प्रहरीले सोमबार लुम्बिनी प्रदेशबाट पक्राउ गरी काठमाडौं ल्याइएको थियो।

Related posts

प्रधानमन्त्रीलाई कार्यविस्तृतीकरण परिमार्जन प्रतिवेदन पेश

राप्रपाका ज्ञानेन्द्र शाही प्रहरी नियन्त्रणमा

छातीमा रवि लामिछानेको ट्याटु