प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी सनराईज होल्डीङ्गस प्रा.लि.को नाममा रहेको एक लाख ९० हजार ७०० कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन दिन पाउनेछन् ।

शेयर खरिद गर्न इच्छुक शेयरधनीहरूले ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ ।

Related posts

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

सिटिजन लाइफ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा

सिटिजन्स बैंकको सञ्चालकमा ईला शर्मा