फिफा विश्वकप छनोटमा नेपालको लज्जास्पद हार

काठमाडौं । फिफा विश्वकप-२०२६ छनोटको दोस्रो चरणमा नेपाल बहराइनसँग ५–० ले पराजित भएको छ । बहराइन राष्ट्रिय रङ्गशालामा भएको खेलमा बहराइन ५–० गोलले विजयी भएको हो ।

बहराइनले पहिलो हाफमा ३ गोल गर्दा दोस्रो हाफमा थप २ गोल गर्‍यो । बहराइनका लागि माहदी अल हुमाइदान, सायद बाकेर, अब्दुलजब्बर, इब्राहीम अल खताल र इस्माइल हसनले पेनाल्टीमार्फत गोल गरे ।

योसँगै समूह ‘ए’ मा ३ खेल खेलेको नेपाल अङ्कविहीन छ । बहराइन ३ खेलमा ६ अङ्कसहित दोस्रो स्थानमा छ ।

Related posts

सन्दीपले पाए सफाई, विश्वकप खेल्ने बाटो खुल्यो

लामिछानेको पुर्नरावेदनमा उच्च अदालत पाटनमा सुनुवाई सुरु

कर्पोरेट सुपर सिक्सेस सीजन-७ को उपाधि माछापुच्छ्रे बैंकलाई