लाभांश र हकप्रदको प्रस्ताव पारितसहित हिमालयन रिइन्स्योरेन्सको साधारणसभा सम्पन्न

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सले आफ्नो तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा काठमाडौंको पदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित कुल ४.२१ प्रतिशत लाभांश अनुमोदन गरेको छ । जसमा चुक्तापुँजी १० अर्ब रुपैयाँको ४ प्रतिशतले हुन आउने ४० करोड रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.२१ प्रतिशतले हुन आउने २ करोड १० लाख ५२ हजार ६३१.५८ रुपैयाँबराबरको नगद लाभांश छन्।

सभाले बोनस सेयर वितरणपछि कायम हुने चुक्तापुँजी १० अर्ब ४० करोड रुपैयाँको १०ः८ अर्थात १० सेयरबराबर ८ सेयरको अनुपातमा ८ अर्ब ३२ करोड रुपैयाँबराबरको हकप्रद सेयर जारी गर्ने प्रस्ताव अनुमोदन गरेको छ ।

कम्पनीको अधिकृत पुँजी, जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि गर्ने र सोहीबमोजिम प्रबन्धपत्रको सम्बन्धित दफाहरु संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ । प्रबन्धपत्र तथा नियमावलीमा संशोधन तथा थपघट गर्ने प्रस्ताव सभाले स्वीकृत गरेको छ ।

सभाले सञ्चालक समितिमा संस्थापक समूहका शेयरधनीतर्फको रिक्त रहेको १ जना सञ्चालक पदमा बाँकी कार्यकालका लागि तथा सर्वसाधारण शेयरधनी समूहका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने दुईजना सञ्चालकको निर्वाचन गरेको छ ।

सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पारित गरेको छ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखा परीक्षण समितिको सिफारिसबमोजिम लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि सभाले स्वीकृत गरेको छ।

Related posts

आइपी टिभी सेवा प्रदायक कम्पनि क्यारो टिभी नेपाल संचालनमा

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वित्तीय सेवामा पहूँच बढाउन विश्व बैंकले साढे १० अर्ब ऋण दिने