खातामा ४१ हजार भएकाले मात्रै रिलायन्स स्पिनिङ मिल्सको आईपीओ भर्न पाउने

काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले बुक विल्डिङ विधिबाट सर्वसाधारणका लागि साधारण सेयर ९आईपीओ० निष्कासन गर्न भन्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले योग्य संस्थागत लगानिकर्तालाई ४० प्रतिशत सेयर निष्कासन गरिसकेको छ । योग्य संस्थागत लगानीकर्तालाई सेयर निष्कासन गरेपछि सर्वसाधारणका लागि ६० प्रतिशत सेयर निष्कासन गर्न बोर्डमा अनुमतिका लागि आवेदन दिएको हो ।

योग्य संस्थागत लगानिकर्ताले बोल कबोल गर्दा कट अफ मूल्य प्रतिकित्ता ९१२ रुपैयाँ आएको थियो । ९१२ रुपैयाँबाट १० प्रतिशत रकम घटाएर सर्वसाधारणलाई सेयर निष्कासन हुनेछ । अर्थात सर्वसाधारणलाई प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसा पर्नेछ ।

बुक विल्डिङ विधिबाट निष्कासन हुने सेयरमा न्यूनतम ५० कित्ता आवेदन दिनुपर्ने भएकाले लगानीकर्तासँग सेयर भर्नका लागि न्यूनतम ४१ हजार ४० रुपैयाँ हुनुपर्ने छ ।

कम्पनीले प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले ९४ करोड ८८ लाख ११ हजार ९६८ रुपैयाँको ११ लाख ५५ हजार ९६० कित्ता सेयर निष्कासन गर्न माग गर्दै बोर्डमा पुगेको छ । यसको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

Related posts

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

नेपाल लाइफ इन्स्योरेन्सले विलम्ब शुल्कमा छुट दिने

प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर बिक्रीमा