हिमालयन रिइन्सुरेन्सको नाफा दोब्बर बढ्यो, इपीएस कति ?

काठमाडौं । हिमालयन रिइन्सुरेन्सको खुद नाफा करिब दुई गुणाले बढेर चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६० करोड २७ लाख २२ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा ३० करोड १७ लाख ७१ हजार रुपैयाँ रहेको नाफा अहिले ९९.७३% ले बढेको हो । यस अवधिमा खुद बिमा शुल्क आम्दानी १५४.६५% ले बढेर १ अर्ब ९९ करोड ६० लाख ५१ हजार रुपैयाँ पुगेपछि खुद नाफा बढेको हो ।

लगानी तथा कर्जा हुने आम्दानी पनि २६.४५% ले बढेर ४७ करोड ३२ लाख रुपैयाँ पुगेको छ । यता, आइपीओ बिक्री गरेपछि चुक्ता पुँजी १० अर्ब रुपैयाँ पुगेको छ । कम्पनीले हालै मात्र उक्त पुँजीमा ४% बोनस सेयर जारी गर्ने घोषणा गरेको छ । खुद नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि ३.४३ रुपैयाँले बढेर १२.०५ रुपैयाँ पुगेको छ भने प्रतिसेयर आम्दानी १४७.३० रुपैयाँ रहेको छ ।

Related posts

बैंक तथा वित्तीय संस्थालाई सेयर किनबेचमा कडाइ

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर