अध्यक्ष पुष्पकमल दाहाल र यातायात व्यवसायी तथा पदाधिकारी बिच खुमलटारमा भेट

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष लगायतका पदाधिकारी र यातायात क्षेत्र सम्बद्ध तीनवटा ट्रेड युनियनका अध्यक्ष तथा पदाधिकारीहरुसङ्ग खुमलटारमा भेट गरेका छन् ।
भेटमा व्यवसायी र श्रमिक नेतृत्वले अध्यक्ष प्रचण्ड नै यातायात क्षेत्रको वास्तविक नेता तथा साथी भएको, उहाले नै पटकपटक यो क्षेत्रमा सुधारको लागि पहल भएको र उहाँको नेतृत्वकालमा नै यातायात क्षेत्रको सुधारको विस्तृत प्रतिवेदन तयार भएको तर सरकारको फेरबदलले त्यसको कार्यान्वयन नहुदा आफुहरुलाई निरास बनाएको बताएका छन् ।
अहिलेको विषम परिस्थितिमा सरकारको प्रधानमन्त्रीको ध्यान आफुहरुको समस्यामा नगएको बेला पूर्व प्रधानमन्त्री तथा विपक्षी दलको नेताले चासो देखाएपछि अफ्ना समस्या सम्बोधनका लागि प्रभावकारी हस्तक्षेप हुने विश्वास व्यक्त गरेका हुन् ।

भेटमा अध्यक्ष कमरेडले केही दिन पहिलेको बाढी पहिरो र डुबानबाट सडक यातायातको क्षेत्रको अवस्था, यातायात व्यवसायी र मजदुरले ब्यहोर्नु परेको जनधनको क्षती, बाढी र पहिरोमा फसेका यात्रु, सवारी साधन र श्रमिकको अवस्था, सरकारको तर्फबाट भएका काम र समस्याबारेको रिपोर्ट सुनेर त्यसका बारेमा सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाएका छन्।

Related posts

प्रधानमन्त्री ओलीसँग बङ्गलादेशका मन्त्री हसनको भेट

‘माओवादी आन्दोलन संसदमा ‘म्याउ’ गर्नको लागी हैन्, सडकमा गर्जिनको लागी हो’

सांसद विनोद चौधरीको पहलपछि सुस्तापारी नि:शुल्क बिजुली दिने उर्जा मन्त्रीको घोषणा