चीनसँग लगानी सहयोग आशाजनक : साउदी मन्त्री

एजेन्सी । साउदी अरबका लगानी मन्त्री खालिद अल फलिहले हालैका वर्षहरूमा द्विपक्षीय सम्बन्धको द्रुत विकाससँगै चीन र साउदी अरबबीच लगानी सहयोगको उज्ज्वल सम्भावना रहेको बताएका छन् । चीन साउदी अरेबियाको सबैभन्दा ठूलो व्यापार साझेदार रहेको बताए । 

चीन–साउदी अरब व्यापार धेरै उच्च स्तरमा पुगेको उल्लेख गरे । द्विपक्षीय व्यापार मात्रा गत वर्ष १ सय बिलियन अमेरिकी डलर नाघेको छ । यो वृद्धि यस वर्षको पहिलो ६ महिनामा पनि जारी छ ।  अहिले किंगडममा करिब ७५० चिनियाँ संयुक्त उद्यम वा कम्पनीहरू सञ्चालनमा रहेको उनले बताए । यो संख्या अझै बढिरहेको उनको भनाई छ ।

Related posts

सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

रवि भन्छन्– जबसम्म रास्वपाले आफ्नै नेतृत्वमा सरकार बनाउँदैन, तबसम्म यस्ता समस्या आई नै रहन्छ

७९ औँ महासभामा एमसीसीबारे प्रष्ट धाराणा राख्न प्रधामन्त्री ओलीलाई सांसदको आग्रह