घट्यो डलरको भाउ, कुन देशको मुद्रा कतिमा हुँदैछ किनबेच ?

काठमाडाैं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २६ पैसा र बिक्री दर १३३ रुपैयाँ ८६ पैसा रहेको छ । सोमबार खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा रहेको थियो ।

त्यस्तै, आज युरो एकको खरिद दर १४२ रुपैयाँ ९० पैसा र बिक्री दर १४३ रुपैयाँ ५४ पैसा रहेको छ । सोमबार खरिद दर १४२ रुपैयाँ २८ पैसा र बिक्री दर १४२ रुपैयाँ ९३ पैसामा कारोबार भएको थियो ।

यस्तै, बेलायती पाउन्ड एकको खरिद दर १७६ रुपैयाँ ०८ पैसा र बिक्री दर १६७ रुपैयाँ ८३ पैसा रहेको छ । सोमबार खरिद दर १६६ रुपैयाँ १९ पैसा र बिक्री दर १६६ रुपैयाँ ९४ पैसा रहेको थियो ।

आज कतारी रियालकोखरिद दर ३६ रुपैयाँ ५४ पैसा र बिक्री दर ३६ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । सोमबार खरिद दर ३६ रुपैयाँ ४९ पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसामा कारोबार भएको थियो ।

Related posts

विदेशी मुद्रा सञ्चिति १३ महिनासम्म आयात धान्न सक्ने छ: गभर्नर अधिकारी

अमेरिकी डलर, युरो र पाउन्डको मूल्य घट्यो

अमेरिकी डलरको मूल्य घट्दा, युरो र पाउण्डको मूल्य बढ्यो