हिमालयन लघुवित्तको नाफा बढ्यो, कति ?

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेकाे छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा १ करोठ १३ लाख ९७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यो नाफा गत आवको यसै अवधिको तुलनामा ७३.७ प्रतिशत बढी हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ६५ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीको खुद नाफामा सुधार देखिएको छ । गत आर्थिक वर्षको यसै अवधिमा प्रोभिजन रकम २ करोड २९ लाख रुपैयाँ रहेकोमा अहिले १७ लाख रुपैयाँमा झरेको छ ।

कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ४ रुपैयाँ ७५ पैसा छ । गत आवको यसै अवधिमा यस्तो आम्दानी २ रुपैयाँ ७३ पैसा थियो । कम्पनीको निष्क्रिय कर्जामा सामान्य सुधार आएको छ । गत आर्थिक वर्षको यसै अवधिमा कुल कर्जामा निष्क्रिय कर्जाको अंश ४.९१ प्रतिशत रहेकोमा अहिले ४.६१ मा झरेको छ ।

कम्पनीको आधार दर १५.०२ प्रतिशत छ । चैत मसान्तसम्म वितरणयोग्य नाफा ६२ लाख रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ४६ पैसा रहेको यसको साधारण सेयर मूल्य सोमबार प्रतिकित्ता ७२९ रुपैयाँ छ ।

Related posts

बैंक तथा वित्तीय संस्थालाई सेयर किनबेचमा कडाइ

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर