बढ्यो सेयर बजार, ३ अर्ब माथिको कारोबार

काठमाडौं । सेयर बजारमा आज झिनो वृद्धि भएको छ। नेप्से परिसूचक ०।०७ अंकले बढेर १९८०।३४ को विन्दुमा उक्लिएको हो।

बजारमा आज करिब ३ अर्ब रुपैयाँबराबरको कारोबार भएको छ। यो दिन पोखरा फाइनान्सको सर्वाधिक किनेबच भएको छ।

आज सामान्य बढेको बजारमा ९९ कम्पनीको सेयरभाउ बढेको छ भने १२८ कम्पनीको शेयरभाउ घटेको छ। यो दिन १७ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

पोखरा फाइनान्सको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको १७ करोड ५४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

नेपाल फाइनान्स १४ करोड ७० लाख रुपैयाँ,जानकी फाइनान्स ९ करोड ३२ लाख रुपैयाँ,गोर्खाज फाइनान्स ९ करोड ८ लाख रुपैयाँ,मल्टीपर्पस फाइनान्स ७ करोड ५२ लाख रुपैयाँ,सप्तकोशी डेलभपमेन्ट बैंक ६ करोड ७१ लाख रुपैयाँ,श्री इन्भेस्टमेन्ट ६ करोड ४० लाख रुपैयाँ,रिलायन्स फाइनान्स ५ करोड ९८ लाख रुपैयाँ,शिवम सिमेन्ट ५ करोड ६३ लाख रुपैयाँ,मितेरी डेभलपमेन्ट बैंक ५ करोड ५७ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ ।

Related posts

आज शेयर बजार २४ अंकको बढ्यो

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

लक्ष्मी सनराइज बैंकको संस्थापक सेयर बिक्रीमा