हिमालयन लाइफ इन्स्योरेन्सको १ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको छ । कम्पनीले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको साविकको गुराँस लाइफ इन्स्योरेन्सको १ लाख १५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकशित भएको ३५ दिनभित्र कम्पनीको कानून विभागमा लिखित आवेदन दिनुपर्नेछ ।

निर्धारित समयभित्र सेयर खरिदका लागि कुनै आवेदन प्राप्त नभए अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

Related posts

आज शेयर बजार २४ अंकको बढ्यो

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

लक्ष्मी सनराइज बैंकको संस्थापक सेयर बिक्रीमा