यूनाइटेड अजोड इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सले एक लाख १९ बढी कित्ता सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको कुल १ लाख १९ हजार ८८२ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीका विद्यमान संस्थापक सेयरधनीले मात्रै यो सेयर खरिदका लागि आवेदन दिन पाउनेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २५० रुपैयाँ निर्धारण गरिएको छ ।

सूचना प्रकाशित भएको ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय सुन्धारामामा सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ । निर्धारित मितिभित्र कुनै आवेदन नआएमा अन्य व्यक्ति तथा कम्पनीसलाई सेयर बिक्रीको प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।

Related posts

आइपी टिभी सेवा प्रदायक कम्पनि क्यारो टिभी नेपाल संचालनमा

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वित्तीय सेवामा पहूँच बढाउन विश्व बैंकले साढे १० अर्ब ऋण दिने