सेयर बजारमा सामान्य गिरावट

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट आएको छ । बिहीबार बजार ३.२४ अंकले घटेर १९६५ को विन्दुमा कायम हुन पुगेको छ ।

आज नेप्सेमा कारोबार भएको आज ३०३ कम्पनीको ६३ लाख १२ हजार ५५२ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३६ करोड ६९ लाख ७५ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा ८ वटा उपसूचक राताम्मै भएको छ ।

उक्त दिन सबैको लघुवित्त कम्पनकिो सेयर मूल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५.८३ प्रतिशतले घटेको हो । त्यसैगरी माइखोला हाइड्रोपावरको ५.४५ प्रतिशत, एनआरएन इन्फ्रस्ट्रक्चरको ५.१० प्रतिशत, मानुषी लघुवित्तको ३.९४ प्रतिशत, यूनिक नेपाल लघुवित्तको ३.८१ प्रतिशतले सेयर मूल्य घटेको छ ।

Related posts

आइपी टिभी सेवा प्रदायक कम्पनि क्यारो टिभी नेपाल संचालनमा

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वित्तीय सेवामा पहूँच बढाउन विश्व बैंकले साढे १० अर्ब ऋण दिने