सिंगटी हाइड्रो इनर्जीको अवितरित हकप्रद सेयर बाँडफाँड

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको अवितरित हकप्रद शेयर बाँडफाँड भएको छ। कम्पनीले चैत्र ३० गते उक्त हकप्रद शेयर बाँडफाँड गरेको हो।

कम्पनीले चैत १२ देखि चैत्र २० गतेसम्म शेयर लिलाम गरेको थियो। हकप्रद निष्काशन गर्दा बिक्रि नभएको सर्बसाधारण समुहतर्फको ४६ लाख ११ हजार ५ सय ३९ कित्ता शेयर लिलाम गरेको थियो ।

लिलामीमा शेयर नपरेका आवेदकलाई कम्पनीले आज वैशाख ३ गते गतेदेखि पैसा फिर्ता गर्ने जनाएको छ ।

आवेदन फारममा उल्लेख गरिएको खातामा आईपीएस मार्फत रकम ट्रान्सफर गरिने क्यापिटलले उल्लेख गरेको छ। पैसा फिर्ता आए नआएको यकिन गर्न र नआएको खण्डमा क्यापिटलमा सम्पर्क गर्न क्यापिटलले भनेको छ ।

Related posts

विश्व बैंकबाट सरकारले १३ अर्ब ३३ करोड ऋण लिने

प्रभु बैंकको आज साधारण सभा बस्दै

आज कुन देशको विदेशी मुद्रा कतिमा हुँदैछ किनबेच ?