दोहोरो अंकले घट्यो सेयर बजार

Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

काठमाडौं। साताको दोस्रो दिन सेयर बजारमा दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १६.८२ अंकले घटेर २००६.५२ को विन्दुमा झरेको हो।

आज नेप्सेमा सूचीकृतमध्ये ३१४ कम्पनीका ७२ लाख २३ हजार ७७३ कित्ता सेयर २ अर्ब ७९ करोड ७५ लाख ७७ हजार रुपैयाँ बढीमा कारोबार भएको छ। यो दिन ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ।

बजार घट्दा ५२ कम्पनीको सेयरभाउमात्रै उकालो लागेको छ भने १८४ कम्पनीको सेयरभाउ ओरालो लागेको छ। आज ८ कम्पनीको सेयरभाउ स्थिर रहेको छ।

आज, सबैभन्दा धेरै माछापुच्छ्रे डिबेञ्चर २०८७ का इकाईधनीले कमाएका छन् । आज यसका इकाईधनीले ७ प्रतिशतका दरले कमाएका छन् । मेन्छियाम हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् । मिड सोलु हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ५.९३ प्रतिशतका दरले कमाएका छन् । सृजनशील लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् ।

सानिमा माई हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको २१ करोड ४७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

ङादी ग्रुप पावरः १७ करोड ७३ लाख रुपैयाँ,सिवाईसी नेपाल लघुवित्तः ७ करोड ७० लाख रुपैयाँ,सानिमा माई हाइड्रोपावरः ६ करोड ९१ लाख रुपैयाँ,सूर्यज्योति लाइफः ६ करोड ५० लाख रुपैयाँ,हिमालयन रिइन्स्योरेन्सः ६ करोड ३१ लाख रुपैयाँ,पोखरा फाइनान्सः ६ करोड २८ लाख रुपैयाँ,गोर्खाज फाइनान्सः ६ करोड २८ लाख रुपैयाँ,नेपाल फाइनान्सः करोड ७३ लाख रुपैयाँ,एनआईसी एशिया लघुवित्तः ४ करोड १८ लाख रुपैयाँ,आइएमई लाइफः ४ करोड १ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ ।

Related posts

बैंक तथा वित्तीय संस्थालाई सेयर किनबेचमा कडाइ

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर