सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएकाे छ । बैंकले संस्थापक शेयरधनी अर्जुन भट्टराईको नाममा रहेको २५ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हाे ।

यस बैंकले हाल कायम संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो ।

शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले आवश्यक कागजातसहित खरिद गर्न चाहेको शेयरको विवरणसमेत खुलाई ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।

Related posts

आइपी टिभी सेवा प्रदायक कम्पनि क्यारो टिभी नेपाल संचालनमा

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वित्तीय सेवामा पहूँच बढाउन विश्व बैंकले साढे १० अर्ब ऋण दिने