नारायणी डेभलपमेन्ट बैंकको साधारणसभा वैशाख १८ मा

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले २२ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । बैंकको सभा आगामी वैशाख १८ गते होटल स्टा चितवन, रत्ननगर टाँडी चितवनमा बिहान ११.३० बजेबाट सुरु हुनेछ ।

सभामा बैंकले आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि सभामा पेश गर्नेछ । साथै, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि रहेको छ । बैंकको केन्द्रीय कार्यालयको ठेगाना परिवर्तन गर्ने एजेन्डा पनि छ ।

अन्य कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्न वा गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुनेछ । सञ्चालकहरुको निर्वाचन गर्ने एजेन्डा पनि छ ।

Related posts

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

सिटिजन लाइफ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा

सिटिजन्स बैंकको सञ्चालकमा ईला शर्मा