धेरै ठाउँमा वर्षा, अझै ३ दिन बदलीको सम्भावना

काठमाडौं । देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानमा रातिदेखि नै हल्का वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावले बिहीबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ।

महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ। महाशाखाले शनिबारसम्मै देशका अधिकांश स्थानमा बदली तथा वर्षाको सम्भावना रहेको उल्लेख गरेको छ।

Related posts

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको भेट

डिस्कोर्स डबलीले काठमाडौंमा दुईदिने ‘विचार उत्सव’ आयोजना गर्ने

कतारका राजा अमिर लाई दिने भनिएको दुई वटा हात्ती तत्काल कतार नजाने