प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग एसियाली विकास बैंक ९एडिबी० का उपाध्यक्ष इङमिङ याङले भेट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको शिष्टाचार भेटमा उनीहरुबीच नेपालको आर्थिक विकासका साथै आसन्न लगानी सम्मेलनका विषयमा छलफल भयो ।

छलफलमा प्रधानमन्त्री प्रचण्डले लगानीका लागि नेपाल उपयुक्त गन्तब्य भएको भन्दै भौतिक पूर्वाधार निर्माणमा एडिबीको महत्वपूर्ण लगानी रहेको बताए ।

उनले नेपालमा हुन गइरहेको लगानी सम्मेलनमा नेपालले प्रभावकारी एवं लगानीयोग्य आयोजनाहरु प्रस्ताव गर्ने जानकारी समेत दिए ।

प्रधानमन्त्री प्रचण्डले भने,’सरकारले कानुनी एवं नीतिगत सुधार गरी लगानीका लागि उपयुक्त वातावरण सिर्जना गरेको छ, “यो नेपालमा लगानीको उपयुक्त अवसर हो ।’

छलफलमा एडिबीका उपाध्यक्ष याङले नेपालको रणनीतिक आयोजनामा लगानी गर्न एडिबी तयार रहेको बताए । उनले आगामी दिनमा नेपालमा थप लगानी गर्नेगरी बैंकले रणनीति तय गर्ने प्रतिबद्दता जनाए ।

Related posts

डिस्कोर्स डबलीले काठमाडौंमा दुईदिने ‘विचार उत्सव’ आयोजना गर्ने

कतारका राजा अमिर लाई दिने भनिएको दुई वटा हात्ती तत्काल कतार नजाने

कतारका राजालाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आग्रह