एसइई आजबाट सुरू, पाँच लाख विद्यार्थीले परीक्षा दिँदै

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबारबाट सुरू हुँदैछ। आजबाट सुरू भएको एसईईमा पाँच लाख ४ हजार ४ सय १४ विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

परीक्षा बिहान ८ बजेबाट सुरू हुनेछ। पहिलो दिन अंग्रेजी विषयको परीक्षा हुँदैछ।

एसइईका लागि देशभर दुई हजार ६४ परीक्षा केन्द्र तोकिएका छन्। परीक्षा व्यवस्थित तुल्याउन ७७ हजार ४ सय ८५ जना जनशक्ति परिचालन गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

यस वर्षको एसइईमा दुई लाख ५० हजार ७७२ छात्रा छन् भने दुई लाख ५३ हजार ६२७ छात्र छन्। १५ जना अन्य समूहबाट एसइई दिन लागेको बोर्डले जनाएको छ।

बागमती प्रदेशबाट सबैभन्दा बढी अर्थात् एक लाख ५ हजार ७ सय ४३ विद्यार्थी छन्।

देशभरका दुई हजार ६४ केन्द्रमा ३० हजार ९ सय ४५ जना सुरक्षाकर्मी परिचालन गरिने बोर्डले बताएको छ।

Related posts

प्रधानमन्त्रीसँग एडिबीका उपाध्यक्षको भेट

डिस्कोर्स डबलीले काठमाडौंमा दुईदिने ‘विचार उत्सव’ आयोजना गर्ने

कतारका राजा अमिर लाई दिने भनिएको दुई वटा हात्ती तत्काल कतार नजाने