माउन्टेन इनर्जीद्वारा बोनस सेयरको घोषणा

काठमाडौं । माउन्टेन इनर्जी नेपालले सेयरधनीलाई बोनस सेयर घोषणा गरेको छ । कम्पनीको आइतबार साँझ बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत सेयर बोनस र सोमा कर प्रयोजनार्थ ०.७८९५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

यो लाभांश प्रस्ताव आगामी वार्षिक साधारणसभामा लगिने कम्पनीले एक सार्वजनिक सूचनामार्फत जानकारी दिएको छ । गत वर्ष कम्पनीले सेयरधनीलाई १०.५३ प्रतिशत नगद लाभांश दिएको थियो । आइतबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६८६ रुपैयाँ ३० पैसा छ ।

Related posts

बैंक तथा वित्तीय संस्थालाई सेयर किनबेचमा कडाइ

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर