रवि लामिछानेलाई पोखरा पठाइयो

पर्सा । पर्सा जिल्ला सरकारी वकिल कार्यालयले सहकारी ठगीको अभियोगमा हिरासतमा लिएर अनुसन्धान भइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखरातर्फ पठाएको छ । 

निजसँगको बयान पूरा भएपछि उक्त कार्यालयले विमानबाट कास्की पठाउने क्रममा हाल उनी सिमरा विमानस्थलमा रहेको जनाएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख भोलानाथ निरौलासहितको टोलीले निजसँग बयान लिएको थियो । पर्सा जिल्ला प्रहरी कार्यालयका एसपी कुमोद ढुंगेलले अभियुक्त लामिछानेलाई सिमराबाट काठमाडौँ हुँदै कास्की पुर्‍याइने जानकारी दिए ।

Related posts

रास्वपाका पदाधिकारीले अदालतको अवहेलना गरेको मुद्दामा लिखित जबाफ माग

बयानका लागि रविलाई पर्सा लगिँदै

युवा जनशक्तिको विदेश पलायनलाई रोक्न कृषि क्षेत्र उत्तम विकल्प : मन्त्री महर्जन