आज कम्बोडिया जाँदै सभामुख

काठमाडौं । सभामुख देवराज घिमिरे आज कम्बोडिया जाँदै छन् । राष्ट्रिय संसद्को ११औँ महासभामा सहभागी हुन उनी आज राति सवा १० बजे त्यसतर्फ प्रस्थान गर्ने भएका हुन् ।

कम्बोडियाको नोम पेन्ह सहरमा नोभेम्बर २३ देखि २६ सम्म अर्थात् भाेलिदेखि १० गतेसम्म उक्त सम्मेलन हुँदैछ । सभामुख घिमिरे सम्मेलनमा सहभागी भएर ११ गते मंगलबार स्वदेश फर्कने कार्यक्रम रहेको उनका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार महासभाका क्रममा केही भेटवार्ता र ‘साइडलाइन मिटिङ’ पनि हुनेछ । ग्लोबल काउन्सिल फर टोलरेन्स एन्ड पिसले विभिन्न मुलुकका सांसदबीच अन्तरक्रियाका लागि सन् २०१७ देखि यो सम्मेलन आयोजना गर्दै आएको छ । सम्मेलनमा एक सय भन्दा बढी देशका जनप्रतिनिधि सहभागी हुनेछन् ।

Related posts

अब ओमानी मुद्रा नेपालमै खरिद बिक्री गर्न सकिने

मिटरब्याजी आरोपमा बस्नेत दम्पतीको नाक ‘पिलासले समातेर चक्कुले काटियो’

कुमारी बैंकको १ लाख ३१ हजार कित्ता शेयर बिक्रीमा