सङ्कटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्-अध्यक्ष प्रचण्ड

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मौलिक पर्वभित्र रहेका सकारात्मक र मानवीय जीवन मूल्यका संस्कार र प्रवृत्तिको संरक्षण गर्दै जानुपर्ने बताएका छन् ।

विजयादशमीका अवसरमा आज शुभकामना दिँदै उनले विद्यमान् रूढीवाद, अन्धविश्वास, भड्किलो चिन्तन र जीवनपद्धतिमा समयानुकूल परिमार्जन आवश्यक भएको बताए । “देशमा विद्यमान परिवर्तित राजनीतिक परिस्थिति एवं विज्ञान–प्रविधिको गुणात्मक विकाससँगै परम्परागत मूल्य, मान्यता, संस्कार र पर्वहरूलाई पनि थप समृद्ध र विकसित तुल्याउन जरूरी छ”, अध्यक्ष दाहालले भनेका छन्, “यसले हाम्रा मूल्य, मान्यता, संस्कार र पर्वहरूलाई थप बलियो र जीवनमुखी बनाउन मद्दत गर्दछ ।”

पूर्वप्रधानमन्त्री दाहालले दसैँ पर्वलाई वर्षभरिको सबैभन्दा ठूलो उत्सव एवं पारिवारिक र सामाजिक पुनःमिलनको महत्वपूर्ण अवसरका रूपमा खुसियालीपूर्वक मनाउन सबैमा अपील गरेका छन् ।

Related posts

कतारका राजदूतसँग मेयर बालेनले भने, ‘विश्वकपको व्यवस्थापनबाट प्रभावित छौँ’

अध्यक्ष पुष्पकमल दाहाल र यातायात व्यवसायी तथा पदाधिकारी बिच खुमलटारमा भेट

प्रधानमन्त्री ओलीसँग बङ्गलादेशका मन्त्री हसनको भेट