प्रधानमन्त्री ओलीसँग बङ्गलादेशका मन्त्री हसनको भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालमा रहेकी  बङ्गलादेशको वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनले आज शिष्टाचार भेट गरेकी छिन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको  भेटका अवसरमा नेपाल र बङ्गलादेशबिचको विद्यमान दुईपक्षीय सम्बन्धलाई सुदृढ गर्दै विस्तार गर्ने र ऊर्जालगायत क्षेत्रमा सहकार्य बढाउने विषयमा छलफल भएको छ । 

भेटका अवसरमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुङ्गाना, बङ्गलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी, नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्धिन नोमन चौधरीलगायत सहभागी थिए ।

Related posts

मिटरब्याजी आरोपमा बस्नेत दम्पतीको नाक ‘पिलासले समातेर चक्कुले काटियो’

कुमारी बैंकको १ लाख ३१ हजार कित्ता शेयर बिक्रीमा

पर्साका सरकारी कार्यालयको पुँजीगत खर्च ६ प्रतिशतमा सीमित