सांसद विनोद चौधरीको पहलपछि सुस्तापारी नि:शुल्क बिजुली दिने उर्जा मन्त्रीको घोषणा

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य विनोद चौधरीको पहलपछि सरकारले सुस्ता पारीका ३५० घरधुरीलाई नि:शुल्क बिजुली उपलब्ध गराउने भएको छ ।

उर्जामन्त्री दीपक खड्काले सांसद चौधरीको मागअनुसार सुस्ता पारीका घरधुरीलाई एक वर्षका लागि नि:शुल्क बिजुली दिने घोषणा गरेका हुन् ।

नारायणी नदिमा पुल बनेपछि सुस्ता पारी पहिलो पटक बिजुली पुगेको हो । सांसद चौधरीले पुल निर्माण सम्पन्न भएसङ्गै उर्जामन्त्री खड्का र विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङसँग सुस्तामा नि:शुल्क बिजुली उपलब्ध गराउन पहल गरेका थिए ।

आज सुस्ता गाउँपालिका वडा ५ मा सुस्ता जोड्ने झोलुङ्गे पुल र विध्युत सेवा शुभारम्भ कार्यक्रममा उर्जामन्त्री खड्काले भने, ‘यस क्षेत्रबाट निर्वाचित माननीय विनोद चौधरीले यहाँका जनतालाई नि:शुल्क बिजुली उलपब्ध गराउन माग गर्नुभएको छ । म यहिबाट एक वर्षका लागि नि:शुल्क बिजुली उपलब्ध गराउने घोषणा गर्दछु ।’

प्रतिनिधिसभा सदस्य चौधरीले कार्यक्रममा नि:शुल्क बिजुली उपलब्ध गराउन उर्जामन्त्रीको ध्यानाकर्षण गराएका थिए । ‘यो क्षेत्रमा पहिलो पटक बिजुली पुगेको छ । यहाँका ३५० घरधुरीमा केही वर्षका लागि नि:शुल्क बिजुली सेवा उपलब्ध गराउन सरकारसङ्ग माग गर्दछु,’ उनले भने ।

पुल शिलान्यास र बिजुली शुभारम्भ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह, उर्जामन्त्री दीपक खड्का उपस्थित थिए ।

नारायणी नदीमा पुल निर्माण सम्पन्न भएसँगै आफ्नै वडा कार्यालयमा जान पनि सुस्ताबासी भारतको बाटो भएर जानुपर्ने बाध्यता हटेको हो । नारायणी नदिमा एक हजार पाँच सय ५८ मिटर लामो पुल निर्माण सम्पन्न भएपछि यहाँका बासिन्दा खुसी छन् । ‘यो पुल हाम्रा लागि लाइफलाइन हो, सुस्ताका रविन्द्र जयसवालले भने, ‘निर्माण ढिलो भएपनि विगतमा आफ्नै देशको भूमिभित्र जान पनि भारतको बाटो भएर जानुपर्ने बाध्यता थियो ।

Related posts

‘माओवादी आन्दोलन संसदमा ‘म्याउ’ गर्नको लागी हैन्, सडकमा गर्जिनको लागी हो’

वाइडेनको स्वागत समारोहमा प्रधानमन्त्री ओली सहभागी

म डराएको छैन, अस्ति पनि झोला बोकेरै आएको थिएँ : रवि लामिछाने