वाइडेनको स्वागत समारोहमा प्रधानमन्त्री ओली सहभागी

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भागलिने सिलसिलामा अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकी राष्ट्रपति जो वाइडेनले आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका छन् ।

राष्ट्रपति वाइडेनले न्युयोर्कस्थित मेट्रोपोलिटियन म्युजियम अफ आर्टस्मा आज आयोजना गरेको उक्त समारोहमा प्रधानमन्त्री ओलीसहित महासभामा भाग लिन आएका विश्वका विभिन्न मुलुकका राष्ट्र एवं सरकार प्रमुख सहभागी थिए । 

ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई आज सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले महासभालाई स्थानीय समयअनुसार साँझ  ५ बजे सम्बोधन गर्ने कार्यक्रम छ ।

Related posts

‘माओवादी आन्दोलन संसदमा ‘म्याउ’ गर्नको लागी हैन्, सडकमा गर्जिनको लागी हो’

सांसद विनोद चौधरीको पहलपछि सुस्तापारी नि:शुल्क बिजुली दिने उर्जा मन्त्रीको घोषणा

म डराएको छैन, अस्ति पनि झोला बोकेरै आएको थिएँ : रवि लामिछाने