म डराएको छैन, अस्ति पनि झोला बोकेरै आएको थिएँ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफू पक्राउ पर्छु भनेर नडराएको बताएका छन् ।

मंगलबार फेसबुक लाइभ गर्दै लामिछानेले संसदीय छानबिन समितिले गरेको सिफारिस अनुसार कारबाही भोग्न तयार भएको बताएका हुन् । ‘म डराएको छैन, डराउँदिनँ । अस्ति पनि झोला बोकेरै आएको थिएँ’, उनले भने ।

गत ६ असोजमा गोर्खा मिडिया नेटवर्क मार्फत् भएको सहकारी बचत रकम अपचलनको आरोपमा छविलाल जोशी पक्राउ परेका थिए । जोशी पक्राउ परेपछि रास्वपा सभापति लामिछानेले आफूलाई पनि सरकारले पक्राउ गर्न सक्ने बताएका थिए ।

Related posts

किन विवादित बन्यो अपी पावरको लाभांश ?

‘माओवादी आन्दोलन संसदमा ‘म्याउ’ गर्नको लागी हैन्, सडकमा गर्जिनको लागी हो’

सांसद विनोद चौधरीको पहलपछि सुस्तापारी नि:शुल्क बिजुली दिने उर्जा मन्त्रीको घोषणा