दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

प्रसाईंका छोरा निराजन प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निदेवनमा सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो ।

प्रसाईंले आफूलाई गैरकानुनी रुपमा थुनामा राखिएको दाबी गर्दै तत्काल रिहाइका लागि अन्तरिम आदेश माग गरेका थिए ।रास्वपा केन्द्रीय सदस्य टीका संग्रौला (ज्वाला) लगायतले साइबर क्राइमको आरोपमा जाहेरी दिएपछि प्रहरीले प्रसाईंलाई आइतबार पक्राउ गरेको थियो ।

जिल्ला अदालत काठमाडौंले आइतबार नै उनीमाथि अनुसन्धान गर्न तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

Related posts

दुर्गा प्रसाईंलाई अदालतमा लगियो

सहकारी नियमनको कार्य प्रभावकारी रुपमा गरिनुपर्छ :  नेता साउद

रवि लामिछानेलाई आज पोखरा फर्काइँदै