काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्न लागिएको भन्दै पोखरा विरोध प्रदर्शन भएको छ ।
रास्वपा गण्डकीको संयोजनमा पोखरा सहिद चोकमा विरोध प्रदर्शन गरिएको हो । लामिछानेमाथि राजनीतिक पूर्वाग्रह साँधेर फसाउन खोजिएको भन्दै उनीहरूले विरोध गरेका हुन् ।
रास्वपा गण्डकी प्रदेश सभापति राजन गौतमको आह्वानमा पोखराको शहीद चोकमा नेता–कार्यकर्ताहरु भेला भएर प्रदर्शन गरिरहेका छन् ।
‘सरकारको षड्यन्त्रविरूद्ध भण्डाफोर गरौं, सहकारी पीडितलाई न्याय देऊ’ जस्ता प्लाकार्डसहित उनीहरूले प्रदर्शन गरेका छन् ।