प्रभु म्युचुअल फन्डका दुई योजनाको लाभांश घोषणा

काठमाडौं । प्रभु म्युचुअल फन्डअन्तर्गत सञ्चालित दुई बन्दमुखी योजनाको लाभांश घोषणा भएको छ ।

प्रभु सेलेक्ट फन्ड र प्रभु स्मार्ट फन्डको आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा भएको हो ।

प्रभु सेलेक्टले १० प्रतिशत र स्मार्ट फन्डले ८.५ प्रतिशत नगद लाभांश दिनेछ ।

फन्डको योजना व्यवस्थापकमा प्रभु क्यापिटल रहेको छ ।

Related posts

सन नेपाल लाइफ इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत

सोमबार नेप्सेमा करेक्सन, कारोबार रकम ६ महिनायताकै उच्च