सांस्कृतिक संघका अध्यक्ष तीर्थ थापाको कर्तुत नै कर्तुत, मदिराले मातेर राती युवतिलाइ फोन गरेर राखे यस्तो प्रस्ताव

काठमाडौं । नेपाली काँग्रेस निकट कलाकारहरुको संस्था सांस्कृतिक संघको अध्यक्षको कुर्सीमा बिराजमान यिनी तीर्थ बहादुर थापा हुन् । जसलाई नेपाली राजनीति र कलाकार वृत्तमा नचिन्ने कमै होलान् । नेपाली कांग्रेसको भातृ सङगठन सास्कृतिक संघको अध्यक्ष भइ खाएका यिनले सस्कृत शब्दको नै बदनाम हुने हर्कत गरेका छन् । पद र पावरको आडमा मनोमानी गर्ने बानी परेका तीर्थ बहादुर थापाले आफ्नो औकात भुलेर लोक दोहोरी क्षेत्रकी एक गायिकालाई दुव्र्यवहार गरेको विषय बाहिरिएको छ । यिनी यस्ता पतित पात्र हुन् जो सुन्दर युवती देखेपछि अनेकन प्रलोभन देखाउँछन् । थापाको निशानामा सबैभन्दा बढि नयाँ उदाउँदै गरेका कलाकारहरु पर्छन् ।

नयाँ गितको प्रचारमा रहेकी गायिकालाई बिभिन्न आश्वासन देखाएर छिटै चर्चामा ल्याइदिने, तर त्यसका लागि थापाले जे भने गायिका त्यो मान्नु पर्छ । यदि गायिकाले उनको शर्त नमानेको खण्डमा भित्तामा पु¥याउँने काम पनि यिनैले गर्छन । यिनी कति सम्म लिच्चड छन भनि आफ्नो शारीरिक आवश्यकता पुरा गर्न रातको १० बजोस कि ,११ मतलब छैन् । सत्ता र शक्तिले मैमत्त भएका थापाले एक गायिकालाई घुमाउँरो शैलीमा शारीरिक सम्बन्धको लागि प्रस्ताव गरेको अडियो फेला परेको छ । आफ्नो प्यास मेटाउँनको लागि यिनले रातको दशै बजे पनि कल गरेर घुमाउँरो शैलीमा अलि टाढा गएर रमाइलो गरौं भन्छन् । बिभिन्न आश्वासन देखाउँदै ति गायिकालाई जसरी हुन्छ समय मिलाउँ भेटौं, अलि टाढा घुम्न जाउँ इन्जोय गरौं भनेर टर्र्चर दिने गरेका छन् ।

१८ बर्षदेखि सांस्कृतिक संघमा शासन चलाउँदै आएका यिनले कति चेलीमाथि आतंक मच्चाए त्यसको कुनै लेखाजोखा छैन् । यो त केवल एउटा प्रतिनिधि घटना मात्र हो । बिभिन्न प्रलोभन देखाएर चेलीको अस्मितामाथि गिद्धेनजर लगाउँने पात्रलाई अझै नेपाली कांग्रेसले कति समय बोक्ने हो त्यसको कुनै समय सिमा छैन् । कांग्रेस र सांस्कृतिक संघलाई थापाले अघोषित रुपमा लुटी खाने भाडो बनाएका छन् । त्यसको लागि असुल्ने कोर टिम छ । उनलाई नजिकबाट चिन्नेहरुका अनुसार थापा यौन पिपासु नै हुन् ।

६५ वर्ष उमेर पार गरेका उनको दर्जनौं महिला नाम जोडिने गरेको छ । यिनकै कारण संघभित्रै पनि एक महिलाको श्रीमानसंग राम्रो सम्बन्ध बिग्रिएको नजिकबाट चिन्नेहरु बताउँछन् । त्यति मात्र होइन । नेपाल विद्युत् प्राधिकरणमा कार्यरत एक महिलासँग पनि थापाको नाम जोडिने गरेको छ । जुन विषय अनौपचारिक थापा आफैँले स्वीकारेका छन् ।

बिभिन्न काण्डमा मुछिएका थापाको वास्तविकता उदाङगो भइसक्दा समेत पार्टी र संघ तै चुप मै चुप छन् । सबैले सामान्य रुपमा लिइरहेका छन् । बरु उपहार स्वरुप पार्टीले गत राष्ट्रियसभा निर्वाचनमा गण्डकी प्रदेदशबाट राष्ट्रियसभा सदस्यको उम्मेद्वार सिफारिस गरेको थियो । सास्कृतिक संघबाट राष्ट्रिय सभा सदस्य बन्ने सपना देखेपछि पार्टी सभापति शेर बहादुर देउवा लगायतका शीर्ष नेताहरुको ढोका च्याउँन थाले । सिफारिसमा परे पनि राष्ट्रियसभा सदस्य भने बन्न सकेनन् ।

२०७४ सालको स्थानीय तह र आम निर्वाचनको समयमा पार्टीको गीत बनाउने भन्दै थापाले व्यापारीक घरानाका व्यक्तिहरुसँग मनग्य रकम असुलेको भन्दै सांस्कृतिक संघमा चौतर्फी विरोधको आवाज उठ्यो । पार्टी भित्र उठेको आवाज दबाउँनु थापाको लागि सामान्य भइसक्यो । तर गीतको लागि भनेर उठाएको मोटो रकम रेकर्डिङ स्टुडियोलाई समेत नदिई आफ्नै खल्ती भरे । अनामनगर,बागबजार लगायका स्टुडियोमा अझै पैसा तिर्न बाकी छ । गित बनेपछि स्टुडियाका संचालकहरुले थापाको अनुहार देख्न पाएका छैनन् ।

१८ बर्षदेखि सांस्कृतिक संघ हुकुमी शासन चलाएको अड्डामा अब आफ्नो मान्छे ल्याउँन लागि परेका छन् । थापाले गणेश सुवेदीलाई नेतृत्व सुम्पिन खोजेको विष्या पनि बाहिर आएको छ । त्यसका लागि थापाले गणेश सुवेदीसँगको टेलिफोन संवादमा तपाई अव सांस्कृतिक संघको अध्यक्ष बन्ने भएकाले आर्थिक सहयोग जुटाउन थाल्नुस् भनेर निर्देशन दिँएका छन् ।

Related posts

चीनसँग लगानी सहयोग आशाजनक : साउदी मन्त्री

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

संवैधानिक परिषद् बैठक : प्रधानन्यायाधीश सिफारिसबारे थप अध्ययन गर्ने