सिद्धार्थ इन्भेष्मेन्ट ग्रोथ स्किमको प्रतिफल प्रतिफल

काठमाडौं । सिद्धार्थ इन्भेष्मेन्ट ग्रोथ स्किम–३ ले गत आर्थिक वर्ष ०८०/८१ को प्रतिफल दिने भएको छ । योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेडको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको लागि कर समेत ७ प्रतिशत प्रतिफल दिने निर्णय गरेको हो । 

यस वर्ष योजनाले ५ करोड ६४ लाख ६ हजार रुपैयाँ बराबरको प्रतिफल वितरण गर्न लागेको हो । १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले प्रतिफल प्रयोजनका लागि बुक क्लोजको मिति भने तय गरेको छैन । 

योजनाले तय गर्ने बुक क्लोज मितिको आधारमा प्रतिफल प्राप्त हुनेछ । यस योजनाले गत असार मसान्तसम्म ७ करोड १८ लाख रुपैयाँभन्दा बढी नाफा गरेको छ । उक्त अवधिसम्म योजनाको प्रति इकाई खुद सम्पत्ति मूल्य ११ रुपैयाँ २० पैसा छ ।

Related posts

‘युवा अभियान’ र ‘एसियन एकेडेमी फर पिस रिसर्च एन्ड डेभेलोपमेन्ट’ को सहकार्यमा ‘बिइङ अ बेटर बाइस्ट्यान्डरको विषयमा कार्यशाला सम्पन्न

युवा पलायनको डरलाग्दो अवस्था: साउन महिनामा मात्रै बिदेसिए ५९ हजार नेपाली

आइएमई लाइफको नायव प्रमुख कार्यकारी अधिकृतमा खिलेन्द्र पौडेल